२२ श्रावण २०७७, बिहीबार

एजेन्सी, २२ साउन । युरोपेली मुलुकहरू फ्रान्स, स्पेन र ग्रीसमा कोरोना भाइरस संक्रमणको नयाँ घटनाहरु बढेको छ । संक्रमण तीव्र गतिमा बढ्न थालेपछि ति देशहरुमा चिन्ता बढेको छ ।पछिल्लो २४ घण्टामा फ्रान्समा एक हजार ६ सय ९५ जनामा कोरोना संक्रमण भेटिएको छ। त्यहाँ अहिलेसम्म २ लाख २८ हजार ५ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ७२ जनामा कोरोना देखिएको छ । हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ लाख ५ हजार ७ सय ६७ पुगेको छ ।

त्यस्तै ग्रीसमा गत २४ घण्टामा एक सय २४ नयाँ कोरोना संक्रमणका घटनाहरू आएका छन् र त्यहाँ हाल सम्म ४ हजार ९ सय ७३ संक्रमण भएका छन्। युरोपका अधिकांश देशहरूले लकडाउन प्रतिबन्धहरूलाई कम गरेका छन र त्यसबेलादेखि कोरोना संक्रमणको नयाँ केसहरू बढ्दो छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV