२२ श्रावण २०७७, बिहीबार
  • सन्तोष काफ्ले,

सुनसरी, २२ साउन । धरान–८ स्थित उद्यौगिक क्षेत्रमा सञ्चालित ‘प्रिति भल्भ एण्ड फिटिङ्स इण्डष्ट्रिज प्रा.लि.’को लापरबाहीका कारण धरानमा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएका छ ।

उक्त उद्योगमा काम गर्ने धरान–१३ का एक युवालाई साउन १४ गते कोरोना सक्रमण भएपछि उद्योगलाई सिल गर्न माग गरिएको थियो । त्यस्तै, सञ्चालकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगरी सञ्चालन गर्दा धरानमा कोरोना संक्रमण फैलिएको हो ।

सुरुमा एक जनामा मात्र कोरोना सक्रमण देखिएको सो उद्योगमा दास्रो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै, विहीबार उद्योगमा कार्यरत तथा उनीहरुको कन्ट्र्याक्टमा रहेका १२ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

उद्योगमा कार्यरत संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावमा गरिएको परीक्षणमा थप १२ जानमा संक्रमण देखिएको हो । १२ जनामध्ये ५ जना उद्योगसँग आवद्ध रहेका छन् ।

बाँकी ६ जना भने उद्योगमा काग गर्नेहरुको सम्पर्कमा आएका स्थानीयहरु हुन् । धरान–३ का उनीहरु एउटै परिवारका हुन् । धरानमा संक्रमतिको संख्या ४१ पुगेको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले बताए ।

संक्रमितहरु ४१ जना मध्ये १४ जना उद्योगसँग सम्बन्धित हुन् । उनले धरानमा कोरान सक्रमण फैलिएसँगै १३ सयको पीसीआर परीक्षण गरिएको बताए । जसमध्ये २ सय ९७ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि प्रमुख मेहेताले बताए ।

उद्योग सञ्चालक अशोक अग्रवालले सुरक्षाको मापदण्ड समेत पालनमा नगरी उद्योग सञ्चालन गरेका कारण समुदायस्तरमै कोरोना संक्रमण फैलिएको स्थानीहरुको आरोप छ ।

यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुल्ला रहेका ओपीडी सेवाका कारण पनि थप संक्रमण फैलिने भन्दै धरान उपमहानगरपालिकाले ओपीडी सेवा बन्द आग्रह गरेको छ ।

प्रतिष्ठानमा पछिल्लो समय एक जना इन्टर्न चिकित्सकसँगै २ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । प्रतिष्ठानमा कार्यरत २ जना चिकित्सकका परिवारका सदस्यमा समेत कोराना सक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV