२२ श्रावण २०७७, बिहीबार

काठमाडौं, २२ साउन । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । प्रवक्ता पाण्डेले आफ्नो रिर्पोट पोजेटिभ आएको आफैले जानकारी दिनुभएको हो ।

दुई साता अगाडि मात्रै सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली वन व्यवस्थापनबारे अनुगमन गर्न सुदूरपश्चिमसम्म गएको थियो ।

सोही टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण भएसँगै प्रवक्ता पाण्डेलगायतका सचिवालयका ८ जना कर्मचारीको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा प्रवक्ता पाण्डेको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV