२२ श्रावण २०७७, बिहीबार
  • सुमन कार्की

पाल्पा २१ ,साउन । जन्मदानै फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाहरुका लागी सीवीआर पाल्पाले सिकाइको माध्यमबाट नयाँ जीवन नै प्रदान गरेको छ । घरपरिवार र आफन्तवाट अपाङ्गता भएकै कारण अपहेलित बालबालिकाको दैनिक आवश्यकता अनुसार हेरचार तथा क्षमता अनुसार सिकाईको माध्यमवाट नयाँ जीवन प्रदान गर्दे आएको छ ।

संस्थाले अपाङ्ग र अपाङ्गता भएका बालबालिकाको वर्गीकरण गरि क्षमता अनुरुप सिकाईका विभिन्न माध्यम र चरणमा विविध प्रकृया अपनाई बालबालिकाको क्षमतामा विकास गराए पछि अभिभावक समेत खुशी बनेका छन् ।

जन्मदानै अपाङ्ग भएका बालबालिका पनि अवसर पाए सवालाङ्ग भन्दा कम हुदैनन् भन्ने उद्धेश्यले सस्थाले अपाङ्ग भएको वालकलाई सिकाई र अभ्यास गराए पछि सिकाईको माध्यम कै कारण विदेशमा समेत आप्mनो प्रतिभा देखाउन सफल भएका छन् । जन्मदानै अपाङ्ग जन्मीएको र सवैतिरवाट अपहेलित बनेका फरक क्षमताका अमित रानाले सिविआर पाल्पामा आईसकेपछि सिविआर र आफ्ना तेक्वान्दो गूरुको सहयोगमा विदेश गै गेम खेल्न सफल भएको बताउदै आफु तेक्वान्दोको थड डन समेत भएको अनुभव रहेको छ ।

आफ्नो २ जना सन्तान गर्भाबस्थामाबाट नै फरक क्षमता भएका जन्मिएको बाल बालिका बस्न ,खान र हिड्डुल गर्न नसक्ने अवस्थामा सिविआरमा आए पछि सिविआरले पुराएको सेवा र सहयोगका कारण अहिले बस्न सक्ने ,खान सक्ने र केहीवस्तुवा चिजको सहारामा हिडडुल समेत गर्न सक्ने भएकोमा अभिभावको मनमा पनि खुशीछाउनुका साथै आशाको दियो पलायो, अभिभावक पद्मा सोमै भन्नुभयो ।

शारीरिक तथा मानसिक रुपमा अपाङ्गता भएका बालबालिकाको विभिन्न सिप र प्रविधिको प्रयोग तथा उपयोग गराई शारीरिक र मानसिक विकासका लागि स्थानीय स्तरवाटै आर्थिक संकलन गराई काम गर्दै आएको र सस्थामा रहेका बालबालिकालाई तानसेनको समुह एवं सस्थाले गाईजात्राको अवसरमा आयोजित प्रहसन कायक्रमवाट संङकलित रकम वाट कपडा समेत वितरण आएको हास्य कलाकार किरण चित्रकार बताउनुभयो ।

संस्थाका निर्देशक कृष्ण गहतराजका अनुसार १२ जना मष्तिस्क र नसाका कारणले अपाङग भएका बालबालिकाले पुनस्थापना केन्द्रबाटै सहयोग लिएका छन् भने १६५ जना अन्य प्रकारका अपाङग भएका वावालिकालाई धर धरमा पुगेर सेवा प्रधान गरिएको र स्थानिय जनता वाट संकलित सहयोग वाट सेवा प्रवाह गर्दे आएको बताउनु हुन्छ ।

घर परिवार र आफन्तले बालबालिकालाई पुर्नस्थापनाको माध्यम र सिकाइको माध्यमवाट नया जीवन प्रदान गर्दा सम्म सरकार बेखवर बन्नु लज्जास्पद हो नेपाल सरकारले समेत आफ्नो नागरिक ठानेर सहयोग गर्न पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV