२२ श्रावण २०७७, बिहीबार
  • नन्दराम खड्का

रोल्पा,२२ साउन । रोल्पामा बुधबार पानिको बेगसँगै आएको हावाहुरीले मकैबारीमा ठुलो क्षति पुर्‍याएको छ। जिल्लाको परिवर्तन गाँउपालिका वडा नंम्वर २ दाङ्जैका करिव ३६ घर परिवारले लगाएको मकैमा पानीसँगै चलेको ठुलो हावाले क्षति गरेको हो ।

हावाहारीले दाङ्जै गाउँका सबै किसानहरुको धानेबाला लागेका मकै ढालेर सखाप पारेक छ, लालीगुरास कृषक समुह तथा साना सिंचाई समितीका सचिव भिमप्रकाश खत्रीले भन्नुभयो ।

बुधबार दिउँसो करिब २ बजे देखि आएको पानीसँगैको हुरीले मकैका बोटमा क्षति पुर्‍याएको स्थानीय कृषक लोकेन्द्र केसीले बताउनुभयो । समितीका सचिव खत्रिको मात्रै १५ हजार क्षेत्रफलमा रोपिएको मकै पुरै ढलेर क्षति भएको छ। दाङ्जै गाँउ लगायत परिबर्तन गाउँपालिकाका अधिकांश किसानहरुको मकै बाली हावाहुरीले सखाप बनाएको छ।

सबै कृषकको धानेबाला लागेका मकै ठुलो पानीसँगै चलेको हुरीका कारण एकाएक भाचिएपछि अहिले कृषकहरु गाईलाई खुवाउन बाध्य भएका छन् । त्यस्तै जिल्लाको रुन्टीगढी गाउँपालिकामा समेत कृषकहरुले खेती गरेको मकै बाली हावाहुरीले ढालेर सखाप बनाएको छ।

यसरी महिनैसम्म मेहनत गरेर उत्पादन गरेको मकै बाली नष्ट हुँदा लामो समय लकडाउनको मारमा परेका रोल्पाका किसानहरुमा भोकमरी पर्ने त्रास र चिन्ता बढेको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV