२१ श्रावण २०७७, बुधबार

बुटवल, २१ साउन । रुपन्देहीमा कोरोना भाइरस संक्रमित २८ वर्षीय एक पुरुष सम्पर्कविहीन भएका छन् ।

बुधबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएका सिद्धार्थनगर वडा नम्बर ८ का २८ वर्षीय पुरुष सम्पर्कविहीन भएका हुन् ।

सांकेतिक तस्वीर

यस अगाडि पनि सोही अस्पतालमा गरिएको परीक्षणमा बुटवल–६ का ४६ र २७ वर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएसँगै सम्पर्क विहीन भएका थिए । हालसम्म पनि उनीहरु सम्पर्कमा नआएका जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV