२१ श्रावण २०७७, बुधबार
  • अभिमन्यु लामिछाने

उदयपुर,२१ साउन । अत्याधिक चर्को महशुल उठेपछी विवादित बनेको उदयपुरको कटारी बजार र आसपासमा संञ्चालित खानेपानीको महशुल घटाइएको छ । कटारी नगरपालिकाको कार्यलयमा बोलाएको छलफल पछि भेलाले महशूल घटाउने निर्णय गरेको हो।

बुधबार कटारी तेस्रो साना शहरी खानेपानी आयोजनाका अध्यक्ष दोजराज पौडेलको अध्यक्षतामा यस अघि आयोजनाको वार्षिक साधारण सभा नै विवादित बनेपछी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले खानेपानीको महशूल घटाउने प्रतिबद्धता गर्नुभएको थियो । नगर प्रमुखको प्रतिबद्धता पछि आज नगरपालिकामा बसेको भेलाले खानेपानीको महशुल घटाउँदै ६ युनिटसम्म १ सय ५० , ६युनिटदेखि १० युनिटसम्म २ सय ५० , १० देखि २० युनिटसम्म प्रतियुनिट ३० र २० युनिटदखि माथि प्रतियुनिट ५० कार दरले महशुल कायम गर्ने निर्णय भएको गरेको कटारी मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो।

महशुल चर्को भएको व्यापक गुनासो आएपछि महशुल घटाएर निर्धारण गरिएको मेयर श्रेष्ठले बताउनुभयो । उपमेयर भीमकुमारी राउत,राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधी र केही उपभोक्ता समेतको उपस्थितमा भेलाले नयाँ धारा जडानका लागि नयाँ उपभोक्ताले समितिसँग प्रतिधारा ४० हजार सम्म लिईरहेको पाइएकोले आजबाट २५ हजारमा किन्न पाउने पनि निर्णय भएको छ ।

त्यसैगरी आयोजनाको अनियमिता भए नभएको नगरपालिकाको रोहबरमा आगामी बैठकबाट छानविन समिति गठन गरी सत्य तथ्य वाहिर ल्याउने निर्णय गरिएको उपमेयर भीम कुमारी राउतले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV