२१ श्रावण २०७७, बुधबार

एजेन्सी, २१ साउन । कोरोना महामारीको कारण बीएमडब्ल्यू कम्पनीलाई ७ सय ८७ मिलियन डलर घाटा भएको छ । तर पनि कम्पनीले यस वर्ष फाइदा हुने आसा बोकेको छ ।कोरोना भाइरसलाई नियन्त्रण गर्न लगाइएको लकडाउनको कारण कम्पीको गाडीको बिक्रीमा ठूलो गिरावट आएपछि उक्त घाटा भएको हो । बीएमडब्ल्यू, मिनी र रोयल्स राइस जस्ता लक्जरी कारहरू निर्माण गर्ने कम्पनीले बुधबार भने, अवस्था सुधार हुन थालेको छ र यसमा चीन पनि समावेश छ। तर महामारीको समयमा बिक्रीमा आएको कमी छिटो क्षतिपूर्ति नहुने देखिएको छ ।

बीएमडब्ल्यूका सेयर तीन प्रतिशतले घटेको छ। केही विज्ञहरू भन्छन्, ‘कम्पनीले यति ठूलो आम्दानी घाटा हुने भनेर सोचेको थिएन होला।’ कम्पनीले यो पनि भने, ‘भविष्यको लागि गरिएको अनुमानहरुमा कोरोना महामारीको दोस्रो छाल वा बजारमा ढिलो गति जस्ता चीजहरुको ध्यान लिएको छैन।’

महामारीले विशेष गरी फियाट क्रिसलर, फोर्ड र डेमलर जस्ता कम्पनीहरूलाई चोट पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV