२१ श्रावण २०७७, बुधबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २१ साउन । दुई नम्बर प्रदेशको मन्त्रालयकै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि एक मन्त्रालय बाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प भएको छ ।

मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण काम बन्द गरिएको हो ।

बुधबार मात्रै आन्तरिक मामिला मन्त्रालयका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि समाजिक विकास मन्त्रालयका ४ जना र मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सुरक्षा–सतर्कता अपनाउन मन्त्रालयहरुको कार्यालय बन्द गरिएको हो ।

यद्यपि प्रदेश दुईको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यालय भने अहिले पनि खुुल्ला नै रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ ।

त्यस्तै समाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधवार मात्रै ताल्चा लगाइएको हो ।

मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक अतिश मिश्रका अनुसार मन्त्रालयहरुमै संक्रमित फेला परेपछि अन्य कर्मचारी र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखेर कार्यालय बन्द गरिएको हो ।

मिश्रले कन्ट्र्याक्ट ट्रेसिङ्गलगायत कर्मचारीहरुको स्वाब संकलन गरी त्यसको रिपोर्ट आएपछि मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका कार्यालयहरु खोलिने बताए ।

सामाजिक विकास मन्त्रालय, प्रदेश २ को तथ्यांक अनुसार धनुषामा ६ हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये ७ सय ४१ ज्नाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV