२१ श्रावण २०७७, बुधबार

काठमाडौं, २१ साउन । प्रधानमन्त्री निवास वालुवाटारमा रहेका ७१ जनाको कोरोना परीक्षण नेगेटिभ आएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली पत्नीसहित ७१ जनाको स्वाब संकलन गरिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा गरिएको स्वाब संकलन पछि नतिजा नेगेटिभ आएको बताइएको छ ।

बाक्लो भेटघाटको केन्द्र मानिएको र समाजका धेरै क्षेत्रका व्यक्तिहरुसंग निरन्तर वालुवाटार पुग्ने गरेकोले पनि प्रधानमन्त्री निवासको रेखदेखदेखि सुरक्षासम्म खटिएका ७१ जनाको स्वाब संकलन गरिएको थियो ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली स्वाब संकलनका लागि मंगलबार अपरान्ह प्रधानमन्त्री निवास वालुवाटारमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV