२१ श्रावण २०७७, बुधबार
  • तारा आचार्य

विराटनगर, २१ साउन । ट्राभल हिष्ट्री नभएका र समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि विराटनगर महानगरपालिकाले दुइ साताका लागि लकडाउन गरेको छ ।

विराटनगरका स्थानीयबासीहरुमा कोरोना संक्रमण देखिन थालेपछि लकडाउन गर्नु पर्ने बाध्यता भएको विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले बताउनु भएको छ । उहाँले कोरोना संक्रमणको नियन्त्रको लागि लकडाउन गरिएको तर लकडाउन मात्र यसको विकल्प नभएको हुनाले स्थानीयहरुलाई मास्क लगाउन सावुनपानीले हातधुन सेनिटाइजर प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह समेत गर्नु भएको छ । उहाँले संक्रमणकोे अवस्था हेरेर लकडाउन बढाउन या घटाउन सकिने बताउनु भएको छ ।

उहाँले एक घर एक पीसीआर टेष्ट गर्ने नगरपालिकाको योजना रहेको बताउदै प्रदेश सरकारलाई कोरोना टेष्टगर्न सहयोग माग गर्नु भएको छ । उहाँले हिजोसम्म बाहिरबाट आएकाहरुमा मात्र संक्रमण देखिएको र यतिबेला समुदाय स्तरमा संक्रमण फैलिएको हुनाले यसको रोकथाम साथै नियन्त्रणको लागि महानगरपालिकाले केही समयको लागि लकडाउन गरेको बताउनु भयो । महानगरपालिकाले दैनिक एक सय देखी एकसय पचास जनाको स्वाब संकलन गरेर पीसीआर टेष्ट गर्ने गरेको बताउनु भयो ।

नगरपालिका भित्र सवैजनालाई सुरक्षित रहन र सुरक्षाका उपायहरु अपनाउन उहाँले आग्रह् गर्नु भएको छ । यता विराटनगरका स्थानीयहरुले पनि लकडाउनको समर्थन गरेका छन् । बजारमा धेरै भीडभाड हुने भएको र मानिसहरुले सजगता नपनाएका कारण समुदायमा कोरोना संक्रमण फैलिएका कारण लकडाउन गरेर महानगरले नियन्त्रणको पहल थालेको स्थानीयहरुले बताएका छन् ।

उपमेयर कार्कीले धरै भीडभाड हुने र भोतिक दुरी समेत कायम नगर्ने भएकाले लकडाउन गरेर कोरोना संक्रमणको नियन्त्रण गर्नु परेको बताउनु भएको छ । उहाँले र स्थानीयहरुलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV