२१ श्रावण २०७७, बुधबार

एजेन्सी, २१ साउन । कोरोना भाइरसबाट धेरै प्रभावित भएको न्यूयोर्क शहरका स्वास्थ्य आयुक्त ओक्सिरिस बार्बोटले राजीनामा दिएकी छन्।स्टाफको नामको एक पत्रमा डा.ओक्सिरिस बार्बोटले लेखेकी छन्, ‘स्वास्थ्य विभाग कोभिड महामारीको सामना गर्ने रणनीतिको केन्द्रमा हुनुपर्छ पृष्ठभूमिमा होइन ।’

मेयर बिल डी बालाजियोले स्वास्थ्य विभागबाट शहरको कन्ट्याक ट्रेसिङ कार्यक्रमको काम लिने निर्णय लिएका थिए । त्यसपछि डा. बार्बोट र बालाजियोबीच मतभेद भएको जनाइएको छ।

समाचारका अनुसार मेयर ट्रेसिङको काम स्वास्थ्य विभागको सट्टा सार्वजनिक अस्पताल प्रणालीलाई हस्तान्तरण गर्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV