२१ श्रावण २०७७, बुधबार
  • मनिराज पाण्डे,

कालिकोट, २१ साउन । कालिकोटका बाढी–पहिरो पीडितले अझैं पनि राहत पाउन सकेका छैनन् । स्थानीय तहले बास्तबिक बाढी–पहिरो पीडितको तथ्याङ्क उपलब्ध गराउन नसकेकाले तत्काल राहत वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले बताए ।

स्थानीय तहका जनप्रतिनिधि र जिल्ला प्रहरी कार्यालयबाट आएको तथ्याङ्कमा तालमेल नदेखिएकाले राहत वितरणमा समस्या आएको हो ।

नरहरिनाथमा जमिन भासियो

नरहरिनाथ गाउँपालिकाको वडा नं. ४ र ५ मा जमिन भासिएको छ । गाउँमा पहिरो बग्ने डर भएपछि स्थानीय नागरिकले सुरक्षित बासस्थानको माग गरेका गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए ।


बिष्टले भने, ‘स्थानीय नागरिकलाई पाल हालेर राख्नेसम्म ठाउँ छैन । वडा नं. ४ र ५ मा पूरै जमिन भासिएको छ । चिरैचिरा परेको छ । त्यहाँका नागरिकहरु त्रसित भएका छन् । यस्तो बेला स्थानीय सरकार एक्लैले के गर्ने ?’

पालिकाको जमिन परीक्षण गर्न गाउँपालिका अध्यक्ष बिष्टले जिल्ला बिपद् ब्यवस्थापन समितिलाई अनुरोध समेत गरेका छन् ।

खानेपानीको अभाव उस्तै

रास्कोट नगरपालिकामा बाढी–पहिरोका कारण खानेपानी समस्या भएको छ । बाढी–पहिरोका कारण नगरपालिकामा खेती गर्नका लागि कुलो छैन, खानेपानी छैन, बिजुली छैन, घट्टा छैन ।

‘दातृ निकायले दिएको राहत लिन जानसमेत बाटो छैन । हामी अभाबै अभावमा छौं’, रास्कोट नगरपालिकाका मेयर काँशी बरालले भने । बरालका अनुसार त्यहाँ एक गाउँबाट अर्को गाउँ जोड्ने बाटोसमेत पहिरोले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV