देशभर १ सय ३० संक्रमित निको भए, कुल १५ हजार १ सय ५६ घर फर्किए



प्रकाशित मिति : Aug 05, 2020

काठमाडौं, २१ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ३० जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १५ हजार १ सय ५६ पुगेको छ । यो निको हुने प्रतिशतमा ७० दशमलव ०८ प्रतिशत हो ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर हालसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

सक्रिय संक्रमितको संख्या भने ६ हजार १ सय ७४ छ । त्यस्तै, हालसम्म ९ हजार ९ सय २५ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ६ हजार १ सय ७४ जना छन् । यस्तै मुलुक सात जिल्ला कोराना मुक्त बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com