२१ श्रावण २०७७, बुधबार

काठमाडौं, २१ साउन । कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ । उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गर्न थालिएको हो ।

बाहिरबाट उपत्यका आउनेका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै मुख्य नाकाबाट हुने असुरक्षित प्रवेशमा कडाइ गर्नुका साथै पास नभएका सवारीहरुलाई नाकाबाट नै फिर्ता पठाईको छ ।

सरकारले लक डाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ। प्रहरीले आज पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV