बारामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, चिकित्सकदेखि प्रहरीसम्म संक्रमित



प्रकाशित मिति : Aug 05, 2020
  • बसन्त खतिवडा,

बारा, २१ साउन । बारामा थप ४ महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधवार ५ जना प्रहरीसहित २२ जनामा संक्रमण पुष्टि भएको हो ।

ईलाका प्रहरी कार्यालय, पर्सौनीका ५ जना प्रहरी जवान, प्राथमिक स्वास्थ्य केन्द्र सिमराका चिकित्सकलगायत ४ जना स्वास्थ्यकर्मी र एक जना पत्रकारमा समेत कोरोना पुष्टि भएको हो ।

सिमरामा रहेको क्वारेन्टाइनमा स्वाब संकलन गरिएका १५० मध्ये १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सवै संक्रमित व्यक्तिहरुलाई कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सञ्चालित अस्पतालमा लैजाने तयारी भइरहेको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

हालसम्म जिल्लामा कोरोना संक्रमितहरुको संख्या २३९ पुगेको छ । यस्तै, संक्रमण निको भएर घर फर्किनेको संख्या १८७ पुगेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com