२१ श्रावण २०७७, बुधबार

एजेन्सी, २१ साउन । बेलायतको एक अध्ययनले काला र अल्पसंख्यक पृष्ठभूमिका मानिसहरू गोरा भन्दा कोरोना भाइरसको बढी जोखिम रहेको पत्ता लगाएको छ।रिपोर्टका अनुसार कोरोनाको जोखिममा रहेका ति व्यक्तिहरू मुख्य कामदारहरू हुन सक्छन्, जसले सार्वजनिक यातायात प्रयोग गर्छन् र मल्टि जेनेरेसन घरमा बसोबास गरिरहेका छन् । यो अध्ययन रेस इक्वालिटी थिंक टैंक रनीमेडे टेस्ट्सले गरेको जनाइएको छ ।

 

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क फेडरल रिजर्व बैंकले गरेको अर्को अध्ययन अनुसार काला व्यक्तिहरूको व्यवसाय महामारीमा सबैभन्दा बढी प्रभावित भएको छ र बन्द हुने अवस्थामा पुगेको छ।

अध्ययनले काला मानिसहरू यस स्वास्थ्य संकटको दोहोरा मारको सामना गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV