२१ श्रावण २०७७, बुधबार
  • उत्तम पौडेल

पोखरा, २१ साउन । कोरोनको कहरमा सरकारले पीसीआर चुस्त नबनाएको, जनताको समस्या नबुझेको तथा एमसीसीको बिरोध लगायतका माग गर्दै बिगत ५१ दिन देखि अनसनमा रहेकी पोखराकी शिरिस गुरुङ्गले आज अनसन स्थगित गरेकी छिन् । उनले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएर अनसन स्थगित गरेकी हुन् ।

रोग र भोकको शोकमा डुबिरहेका नेपालीहरुलाई कसरी बचाउन सकिन्छ भन्ने सोचलाई बर्तमान सरकारले केही हदसम्म राहत पुर्याउन नसकेको भन्दै उनी बिरोध स्वरुप अनसनमा बसेकी थिइन् ।

लकडाउनले दैनिक ज्यालादारी गरेर खानेहरुको चुलो बल्न नसकेको, दैनिक समस्या झेल्न नसकेर अत्माहत्या जस्ता घटना समाजमा बढिरहेको, ब्यवसाय पुर्ण रुपमा बन्द भएर समस्यामा परेका जस्तै ब्यवसायीको घरभाडा, बैंकको ऋण तिर्न सक्ने अवस्थामा ब्यवसायीहरु नरहेको तर सरकार समस्या सुन्न उदासिन रहेको उनको आरोप छ ।

स्वास्थ्यमा सरकारले गरेको खबौं लगानी बालुवामा पानी हालेको जस्तै भएको, घरभाडा तिर्न सक्ने अवस्थामा भाडावालाहरु नभएको तथा भाडा नउठेको कारण घरभेटिहरु आफ्नै समस्यामा परिरहेका बेला कसैलाई पनि सम्बोधन गर्नतर्फ सरकारको ध्यान नगएको पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

बालबालिकाहरु शिक्षाबाट बञ्चीत भएका छन भने रोजगार युवाहरु रोजगारबाट बञ्चीत भएको यस्तो परिस्थीतिमा सरकारले कुनै पनि तह र तप्कालाई सम्बोधन गर्न नसकेका कारण अन्यौलता बढिरहेको पनि ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

सामाजिक दुरी कायम गर्दै दैनिक ३ घण्टा बिरोध कार्यक्रम अनसन गर्दै आएकोमा सरकारले कुनै पनि चासो नदेखिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ पत्रमा उल्लेख छ ।

सरकारले सम्पुर्ण नेपालीको समस्या सम्बोधन गर्न नसकेकै कारण हाल भयपुर्ण स्थीति सृजना भएको तथा बिरोध कार्यक्रमलाई अझ रचनात्मक बनाउन तथा संक्रमणकालिन यो समयमा जनताको समस्यालाई केही मल्हम लगाउन बिरोधको कार्यक्रमको स्वरुप परिवर्तन गर्दै बिरोध कार्यक्रमको अन्य नभएको तथा सरकार तथा सरोकारवाला निकायलाई जनताप्रति उत्तरदायी हुन पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV