२१ श्रावण २०७७, बुधबार

काठमाडौँ, २१ साउन । लेबनानको बेरुतमा भएको विशाल विस्फोटनमा परि हालसम्म एकसय जनाले ज्यान गुमाइसकेका छन् ।
सोही शहरमा हजारौँ संख्यामा नेपालीहरु बसोबास गर्छन । घटना भएसंगै नेपालमा रहेका मानिसलाई सशंकित बनायो । कतै सो विस्फोटनमा नेपालीहरुमाथि पनि कुनै अप्रिय घटना त भएन भन्ने चौतफी चर्चासंगै चिन्ता पनि व्यक्त गरियो ।

पररष्ट्र मन्त्रालयका अनुसार लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली बिस्फोट परि नेपाली नागरिक हताहत भएको वा घाइते भएको जानकारी अहिलेसम्म आएको छैन ।

ठूलो बिस्फोट भएकाले नेपालीहरुको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तर हालसम्म नेपाली हताहत भएको वा घाइते भएको जानकारी आएको छैन ।

लेबनानमा करिब १२ हजार नेपाली
पररष्ट्र मन्त्रालयका अनुसार रोजगारीको शिलशिलामा लेबनान पुग्ने नेपालीको संख्या करिब १२ हजारको हाराहारीमा छ । परराष्ट्र मन्त्रालयले लेबनान समेत हेर्ने इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालसँग निरन्तर सम्पर्कमा रहेको र हाल सम्म त्यस्तो खालको सूचना नरहेको जनाएको छ ।

यद्यपी नेपालीको अवस्थाबारे अहिले नै यकिन रुपमा भन्ने सूचना परराष्ट्रसंग पनि नरहेको मन्त्रालयले बताएको छ । शक्तिशाली बिस्फोट परी घाइते हुनेको संख्या बढी भएकोले मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने भएकोले पनि हहाल सम्मको सुचनाको आधारमा नेपालीहरुको बारेका हताहत नभएको जानकारी रहेको जनाएको छ ।

के भन्छन् लेबनानमा रहेका नेपाली
रोजगारीको शिलशिलामा लेबनान पुगेका नेपाली भाग्यकै कारण बाचिँएको बताउछन् ।लामो समयदेखी बेरुतमा कार्यरत एक नेपालीले भने ‘सबै नेपाली सुरक्षित छौं ।’बेरुत शहरका केहीसमय अघि जस्तो नेपालीहरु नभएकोले पनि हामी नेपालीहरु सुरक्षित छौँ, उनले भने । घरेलु कामदारहरु बढीजसो गाउँमै छन् । बन्दरगाहवरिपरि त तीन वटा कम्पनीमा कार्यरत नेपालीको संख्या ठूलो छ ।

तश्वीरः अन्तराष्ट्रिय सञ्चार माध्यम

प्रतिक्रिया दिनुहोस्

LIVE TV