२१ श्रावण २०७७, बुधबार

काठमाडौं, २१ साउन । काठमाडौंमा पनि कोरोना संक्रमणको जोखिम बढेसँगै मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृह मन्त्रालयका अनुसार अत्यावश्यक काम बाहेकका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो ।

सामान्य भेटघाट, गफगाफ तथा सुरक्षाका मापदण्डहरु प्रयोग नगरी जानेहरुका लागि रोक लगाइएको गृहको भनाइ छ । तर, अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा रोक लगाइने छैन ।

त्यस्तै, गृह मन्त्रालयले अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रहसमेत गरेको छ ।

यसैबीच प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको पनि गृहले प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV