२१ श्रावण २०७७, बुधबार

एजेन्सी, २१ साउन । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा १०० जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएका छन् । बिगत ६ बर्षअघिबाट गोदाममा राखिएको २७ सय ५० टनको एमोनियम नाइट्रेड बिस्फोट हुँदा १०० जनाको ज्यान गएको लेबनानका सरकारी सञ्चारमाध्यमहरुले जनाएको छ ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो। सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

बिस्फोट लेबनानको राजधानी बेरुतमा भएको हो । झण्डै ७ बर्ष अघि बेरुत शहरको तटीय क्षेत्रमा राखिएको बिस्फोटक पदार्थ पड्किएको लेबनानको सरकारी समाचार माध्यमहरुले जनाएका छन् ।

घटनाबारे ब्रिटेन र फ्रान्स सहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबननलाई आवश्यक सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV