कोरोनाबाट नेशनल मेडिकल कलेजमा कार्यरत एक पुरुषको मृत्यु, पर्सामा मृतकको संख्या १५ पुग्यो



प्रकाशित मिति : Aug 05, 2020
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा), २१ साउन । वीरगन्जमा कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत एकजना ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हाे ।

नेशनल मेडिकल कलेजमा कार्यरत मधुमेह तथा मुटु रोगले ग्रसित ४५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार विहान हेल्थ केयर अस्पतालमा मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।

मृतक पुरुष अस्वस्थ्य भई उपचारको लागि नेशनल मेडिकल कलेजमा सोमबार भनाए भर्ना भएकोमा उनको मंगलबार राति रिपोर्ट पोजेटिभ आएको थियो । त्यस पश्चात उपचारको लागि अस्थायी कोभिड अस्पताल हेल्थकेयरमा भर्ना गरिएको थियो, तर उपचारको क्रममा बुधबार विहान मृत्यु भएको बताइएको छ ।

याेसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com