स्वास्थ्यकर्मीमा कोरोना भेटिएपछि धौलागिरी अस्पतालको ओपीडि सेवा अनिश्चितकाका लागि बन्द



प्रकाशित मिति : Aug 05, 2020
  • रबिना बोहरा

बागलुङ, २१ बागलुङ । धौलागिरी अस्पताल बागलुङको प्रि आइशोलेसन कक्षमा काम गर्ने एक जना स्वास्थ्यकर्मीलई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडि सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि थप स्वास्थ्यकर्मी र सर्वसाधरणमा कोरोना फैलन नदिन र कन्ट्रयाक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गर्नका लागि ओपीडि सेवा बन्द गरिएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा. शैलेन्द्र बि.क. पाखरेलले जानकारी दिनुभयो ।

अर्को सूचना जारी नभएसम्मका लागि धौलागिरी अस्पतालको ओपीडि सेवा साउन २१ गतेदेखि लागु हुँने गरी बन्द भएको पाखरेलको भनाइ छ । ‘अस्पतालको आइशोलेसन र अस्पताल नजिकै रहेको धौलागिरी क्याम्पसको प्रि–आइसोलेसन मार्फत कोरोनासंक्रमितकाे उपचार गराई राखेका कारण समय–समयमा स्वास्थ्यकर्मीको समेत कोरोना परिक्षण गर्दै आएको र अस्पताल अन्र्तगतकै धौलागिरी क्याम्पसको आइसोलेसनमा कार्यरत २५ वर्षीया स्वास्थ्यकर्मीमा पहिलो पटक कोरोना पुष्टी भएपछि थप सर्तकता र परिक्षणका लागि ओपीडि सेवा बन्द गरिएको हाे,’ उहाँले भन्नुभयाे ।

आइसोलेसनमा कार्यरत स्वास्थ्यकर्मीमा मंगलबार कोरोना पुष्टि भएसँगै बुधबार अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परिक्षण गर्ने अस्पतालले जानकारी दएको छ । बागलुङमा स्वास्थ्यकर्मीलाई नै कोरोना पुष्टि भएको यो दोस्रो हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com