२१ श्रावण २०७७, बुधबार

काठमाडौं, २१ साउन । च्याम्पियनसिप प्ले-अफ फाइनलमा ब्रेन्टफोर्डलाई पराजित गरेसँगै फुलह्याम इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । गएराति भएको फाइनल खेलमा ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको थियो ।

उसले अतिरिक्त समयमा २ गोल गरपछि माथिल्लो लिगको लागि बाटो खोलेको हो । खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि समय थपिएको थियो । ब्रेन्टफोर्डले पनि थपिएकै समयमा एक गोल गरेको हो । फुलह्यामका लागि १०५ र ११७ औँ मिनेटमा जो ब्रायनले गोल गरे।

 

ब्रेन्टफोर्डका लागि अतिरिक्त समयको इन्जुरी टाइमको चौथो मिनेटमा डाल्सगार्डले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV