फोनिज युरोप शाखा गठन



प्रकाशित मिति : Aug 04, 2020
  • इन्दिरा चाम्लिङ

ब्रसेल्स २० साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युरोप शाखा गठन भएको छ । अगष्ट १ मा युरोपका विभिन्न देशहरुमा बसोबास गर्ने नेपाली आदिवासी जनजाति पत्रकारहरुको एक भर्चुअल भेलाले फोनिजको युरोप शाखा गठन गर्ने औपचारिक निर्णय गरेको हो ।उक्त भेलाले वाई बी गुरुङको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति चयन गरी शाखा स्वीकृतिका लागि फोनिज केन्द्रलाई अनुरोध गरेका थिए । फोनिज केन्द्रको अगष्ट ३ तारिक बसेको सचिवालय बैठकमा सो प्रस्तावबारे छलफल गरी वैदेशिक शाखाको रुपमा फोनिज युरोप शाखालाई अनुमोदन गर्ने निर्णय भएको छ ।

युरोपमा रहेका नेपाली आदिवासी जनजाति पत्रकारहरुको एकाकार गर्दै, नेपालका आदिवासी जनजातिहरुको अधिकारमुखी आन्दोलन अभियानलाई संचारको माध्यमबाट सहयोग पुर्‍याउने र आदिवासी जनजाति पत्रकारहरुको अधिकार र सहभागिताको सवालमा समेत संगठित रुपमा अभियान संचालन गर्ने उद्देश्यले सन २०१८ मा फोनिज यूरोप शाखा गठन गर्रेका र हाल औचारिकता पूर्णता पाएको फोनिज यूरोप शाखाका अध्यक्ष वाई वी गुरुङले बताए ।

युरोपका विभिन्न देशहरुमा नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशिल थुप्रै आदिवासी जनजाति पत्रकारहरु बसोबास गरिरहेको हुनाले सबैलाई फोनिज युरोप शाखामा गोलबद्ध हुन समेत अव्हान गरेका छन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com