बेलका नगरपालिका प्रमुखविरुद्ध राके जुलुस



प्रकाशित मिति : Aug 04, 2020
  • विश्वराज तामाङ,

उदयपुर, २० साउन । बेलका नगरपालिका भित्र भ्रष्टाचार र अनियमितता बढेको भन्दै संघर्षरत नेपाली कांग्रेससहितका ६ दलले राके जुलुस प्रदर्शन गरेको छ ।

उप–प्रमुखले विभिन्न सञ्चार माध्यममार्फत् भ्रष्टाचार मौलाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिदासमेत नगरप्रमुख मौन बसेका भन्दै मंगलबार साँझ रामपुर बजारमा राके जुलुस निकालिएको हो ।

नगरपालिकाभित्र भएको अनियमितताको छानविनको माग राख्दै नगरपालिकामा धर्ना, ज्ञापन–पत्र बुझाउदासोत नगर प्रमुखले आफूहरुको मागलाई वेवास्ता गरेपछि संघर्षको कार्यक्रम सुरु गरेको नेपाली कांग्रेस बेलका नगरपालिका सभापति सुशील सेढाईले बर्ता ।

मंगलबार करिब पाँच सयको हारहारीमा स्थानीय नागरिकहरुले वेलका नगरपालिकास्थित रामपुर बजारमा राके जुलुस निकालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com