बालुवा–गिट्टी दोहन गर्दै आएका सात वटा ट्याक्टर प्रहरी नियन्त्रणमा



प्रकाशित मिति : Aug 04, 2020
  • विश्वराज तामाङ,

उदयपुर २० साउन । जिल्ला प्रहरी कार्यालय, उदयपुरले अवैध रुपमा बालुवा, ढुंगा, गिट्टी दोहन गर्दै आएका सात वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

सोमबार प्रहरीले उदयपुरगढी–७ बाट रातको समयमा खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी, ढुंगा चोरी निकासीका लागि प्रयोग हुँदै आएका सात वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहालका अनुसार स१त ४९८२, स१त ४७११, स१त ६९९४, स१त ७४००, स१त ५०२७, स१त ७००९ र एक अनटेष्ट सहित ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको ट्याक्टरको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com