जम्मू-कश्मीर-लद्दाख-जूनागढ समेटेर पाकिस्तानले जारी गर्यो नयाँ राजनीतिक नक्सा



प्रकाशित मिति : Aug 04, 2020

एजेन्सी, २० साउन । पाकिस्तानले आज (मंगलबार) नयाँ राजनीतिक नक्सा जारी गरेको छ।पाकिस्तानले जारी गरिएको उक्त नक्समा जम्मू-काश्मीर-लद्दाख-जुनागढ़लाई पाकिस्तानको भू–भागका रूपमा देखाएको बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको छ ।पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढलाई समेटेर नयाँ नक्सा जारी गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अबदेखि पाकिस्तानको स्कूल, कलेज र सबै कार्यालयहरूमा पाकिस्तानको आधिकारिक नयाँ नक्सा हुने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com