२० श्रावण २०७७, मंगलवार
  • रामगोपाल तमखु

भक्तपुर, २० साउन । हरेक बर्ष मनाइने गाईजात्रा यस बर्ष भक्तपुरमा सामान्यरुपमा मनाइएको छ । सापारु भक्तपुरमा कोरोना भाइरस जोखिमका कारण यो बर्ष नाँचगान नगरी सामान्य रुपमा मनाइएको हो ।बर्ष भरि मृत्यु भएका मान्छेहरुको नेवार समुदायले जिउँदो गाई, बाँसलाई कपडाले बेरेर बनाएको ताहामचा, डोकोलाई कपडाले बेरेर बनाएको डोकोचा साँ माटोबाट बनाएको बसाहा, दिवंगत ब्यक्तिहरुको फोटो सहित बोकेर घेङताङ घिसि नाँच, भजन किर्तन गरेर नगर परिक्रमा गर्ने परम्परा भएता पनि कोरोना भाइरसको जोखिमले गर्दा आज नाँचगान नगरी सामान्य रुपमा जात्रा दिउँसै सम्पन्न गरिएको छ ।

आठदिन नौ रातसम्म मनाईने भक्तपुरको प्रमुख जात्रा मध्ये एक गाईजात्रा सोमवार देखि सुरु भएको हो । आज दोस्रो दिन सापर जात्राको प्रमुख रमाईलो दिन पनि हो । जात्रा कहिले र कसरी सुरु भयो भन्ने आ आफ्नै तर्क राखेका छन् ।

जात्राको सुरवातको बिषयमा गोपाल राजवंशावलीमा पनि साँ याता जात्रा भन्ने उल्लेख गरिएको छ भने १४ औँ शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यमा यो गाईजात्रा सुरु भएको मान्ने पनि एक थरीले तर्क राखेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV