२० श्रावण २०७७, मंगलवार
  • सुमन कार्की

पाल्पा, २० साउन । पाल्पाका सवै आइसोलेसन कक्ष खाली भएका छन् । संक्रमण पुष्टि भएपछि अस्पतालका आइसोलेसन वार्डमा भर्ना गरिएका सबै संक्रमित डिस्चार्ज भएका हुन् ।हाल सम्म पाल्पामा संक्रमित ५ सय ६१ जनामध्ये १ जनाको मृत्यु भएको थियो भने ५ सय ६० जनालाई डिस्चार्ज भएका छन् । १४ दिन आइसोलेसनमा बस्दापनि कुनै लक्षण नदेखिएपछि आइसोलेसनमा बसेका संक्रमितहरुको परीक्षण नै नगरी घर पठाइएको हो ।

१४ दिन आइसोलेशनमा राखेपछि लक्षण नदेखिए डिस्चार्ज गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सम्बन्धित आइसोलेसन भएका अस्पतालहरुले जनाएका छन् ।

अहिले पाल्पाको आसोलेशन कक्षमा १ जना पनि कोरोना संक्रमित विरामी नभएकाले आजको मिति सम्मलाई संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV