२० श्रावण २०७७, मंगलवार

एजेन्सी , २० साउन । पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदैछन् । युरोपेली देशहरुमा महामारी तीब्र भएसँगै दुवै लिग गत मार्चमा स्थगित भएको थियो ।युइएफएले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल सञ्चालन गर्ने वा नगर्ने अन्यौल थियो । तर, दुबै प्रतिष्पर्धालाई अब निर्धारित एक देशका मात्र रंगशालामा सबै खेल खेलाइने युरोपेली फुटबल महासंघले जनाएको छ । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन ।

अन्तिम १६ को दोस्रो लेगका बाँकी चार खेल यहि साता हुनेछन् । अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा आगामी अगस्ट १२ देखि हुनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र एटलान्टा तथा आरबी लेइपजिग र एथ्लेटिको मड्रिडबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV