प्रवासी नेपाली बैंग्लोर ग्रुपले ल्यायो ‘सोच बदलिए’ (भिडियो)



प्रकाशित मिति : Aug 04, 2020

काठमाडौं, २० साउन । प्रवासी नेपाली बैंग्लोर गु्रपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक भएको छ । प्रवाशी नेपाली बैंग्लोर ग्रुपले तयार पारेको गीतमा २४ जना गायक–गायिकाहरुले आवाज दिएका छन् ।

गीतलाई भुवन नेपाली र कृष्ण चन्दले लेखेका हुन् । त्यस्तै, गीतलाई करण नेपालीले संगीतबद्ध गरेका छन् । भुवन प्रकाश बडुको एरेन्ज रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन् ।

सार्वजनिक गीतलाई भुवन बडु, किरण नेपाली, कृष्ण चन्द, सुरेश औजी, अमर नेपाली, सुरेश नेपाली, नवराज नेपाली, युवराज नेपाली, हक बीसी, नरेश विष्ट, जनक राज विश्वकर्मा, टिका पुन, शोभा, त्रिपाठी, टिका सानु, पुष्पा बोहोरा, दिपा रोकाय, माया बडु, लक्ष्मी आचार्य, निरुता खत्री, भावना चन्द, माही बडु, बिष्ना शिलाल, बिष्ना नेपालीले स्वरबद्ध गरेका हुन् ।

गीतको भिडियोलाई डीएआर मुभिजको अफिसियल युट्यूवबाट सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com