२० श्रावण २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, २० साउन । विराटनगर विमानस्थलबाट भदौ १ गते देखि हवाई यात्रा संचालन हुने भएको छ । सो विमानस्थलबाट स्वास्थ्य र सुरक्षा सतर्कता अपनाएर हवाई उडान र अवतरण गर्न लागिएको विराटनगर नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

कोभिड नाइन्टिनका कारण विगत ४ महिना देखि बन्द रहेको सो विमानस्थलबाट हवाई यात्रुहरु विमानस्थल छिर्ने बेला देखि विमानमा चढ्दा सम्म अपनाउनुपर्ने स्वास्थ्य र सुरक्षा मापदण्ड तयार पारिएको विराटनगर नागरिक उड्डयन कार्यालयका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

टेकनाथ सिटौला, प्रमुख, विराटनगर नागरिक उड्डयन कार्यालय । कोभिड नाइन्टिनका लागि विराटनगर विमानस्थलले छुट्टै स्वास्थ्य र सुरक्षा मापदण्ड पनि तयार पारेको छ ।

भदौ १ गते अगाडि विमानस्थल कर्मचारी, सुरक्षाकर्मी, एयरलाईन्स कर्मचारीहरु सहितको पुनः एक पटक पूर्वाभ्यास गरेपछि विमानस्थलको सेवा सुचारु गरिने प्रमुख सिटौलाले जानकारी दिनुभयो ।

कोभिड-१९ का कारण विराटनगर विमानस्थलबाट दैनिक ६ वटा उडान र अवतरण हुनेछ । कोभिड अघि सो विमानस्थलबाट १६ वटा उडान हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV