अमेरिकामा कोरोना भाइरस कमजोर हुँदै गइरहेको छ : अमेरिकी राष्ट्रपति ट्रम्प



प्रकाशित मिति : Aug 04, 2020

एजेन्सी, २० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको दाबी गरेका छन्। उनले पत्रकारहरुलाई गत एक हप्तामा नयाँ घटनाहरुको संख्या छ प्रतिशतले घटेको बताएका छन् ।राष्ट्रपति ट्रम्पले अमेरिकाको अवस्था धेरै देशहरू भन्दा राम्रो भएको जनाएका छन् । उनले अमेरिकी समाचार वेबसाइट एक्सिसहरूसँग कुरा गर्दै भने, ‘संक्रमित घटनाहरूको अनुपातको कारण मृत्युको अवस्थामा अमेरिकामा युरोपभन्दा राम्रो छ।’

ट्रम्पले अमेरिकामा मर्नेहरूको संख्या एक लाख ५५ हजारभन्दा बढी पुगेको समयमो उक्त कुरा भनेका छन् । हालसम्म अमेरिकामा संक्रमित व्यक्तिहरूको संख्या ४७ लाख भन्दा बढी पुगेको छ । जुन विश्वमा नै सबै भन्दा बढी संक्रमित हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com