२० श्रावण २०७७, मंगलवार

काठमाडौँ, २० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद संक्रमितलाई स्वाब संकलनका लागि उपत्यकाका बिभिन्न १४ अस्पताल तोकेको छ ।

शंकास्पद विरामीको सम्पर्कमा आएका र उपत्यका बाहिरबाट आएकाहरुको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वाब परीक्षण गराउन मन्त्रालयले सर्वसाधारणलाई अपील गरेको छ ।

यसरी तोकिएका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पाटन अस्पताल , सिभिल अस्पताल , त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल, टेकु अस्पताल, बीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, बीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुती गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल रहेका छन् । यस अलावा सम्पूर्ण हब अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु र कोभिड अस्पताल १,२ , ३ लेभलका अस्पतालहरुमा पनि स्वाब संकलन गराउन सकिने सूचनामा उल्लेख गरिएको छ । स्वाब संकलनका लागि विहान ९ बजेदेखि १ बजेसम्मका लागि समय पनि तोकिएको छ ।

मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि भन्दै आफ्नो वेभसाइटमार्फत सूचना सार्वजनिक गरेपछि त्यस्मा प्रयोग भएका भाषा शैलीलाई लिएर सामाजिक सञ्जालमा तीब्र आलोचना हुन थालेका छन् । यसैगरी स्वाब संकलनका लागि काठमाडौं उपत्यकामा मात्र व्यवस्था गरिएको भन्दै काठमाडौं मात्र नेपाल हो भन्नेसम्मको प्रश्न पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV