२० श्रावण २०७७, मंगलवार
  • सविन लामिछाने

तनहुँ, २० साउन । विश्वभर फैलिएको कोराना भाइरसले सबैको दैनिकीमा निक्कै परिवर्तन बनायो । त्यसबाट नेपालीहरु पनि अछुतो रहने कुरा नै भएन । शहरी भागमा भन्दा ग्रामिण भेगमा सुरुवाती दिनहरुका खासै सावधानी अपनाइएन ।

प्रायः को धारणा नै गाँउमा कोरोना आउँदैन भन्ने थियो । तर, जब गाँउ बस्तिका मान्छेमा संक्रमण देखिन थाल्यो तब सावधानीको विषयमा चौतर्फी चर्चा भयो, त्यस्तै उदाहरण हुन् जिल्लाको व्यास १० की सुनिता तिवारी । कोरोनालाई हेरचक्राई गदै खासै सावधानी अपनाउदिन थिईन् । केही दिन अघि आफनो घर आड कै युवामा कोरोना संक्रमण पृष्टि भयो ।

कोरोना सक्रमीतको सम्पर्कमा आएको भन्दै उनी सहित उनको गाँउलाई नै होम क्वारेन्टाईनमा राखियो । होम क्वारेन्टाईनमा बस्नु अघि कोरोनालाई हेरचक्राई गर्ने उनले पछिल्लो समय व्यवहार संगै दैनिकीमा समेत परिवर्त ल्याएकी छिन् । गाँउकै व्यक्तिलाई कोरोना देखिएपछि गाँउनै कोरोनाको त्रासमा रहेको थियो ।

कोरोना सक्रंमितको समपर्कमा आएको भन्दै व्यास नगरपालिकाले वडा कार्यालय बन्द गरी ४५ जनाको स्वांब संकलन गरेको थियो । गत १४ गते मात्रै उनीहरुको स्वाव संकलन गरी परीक्षणको लागि पोखरा पठाईएको थियो । १८ गते उनिहरु सबैको रिर्पोट नेभेटिभ आयो । यी चार दिनमा तिवारीको मनमा कोरोनाको डर र त्रास पैदा भयो ।

जब रिर्पोट नेभेटिभ आएपनि अहिले उनिले सावधानी अपनाएर आफनो दैनिक कार्य गर्ने गरेकी छिन् । उनले भनिन्, कोरोनालाई मैले समान्य ठान्थे । तर जब हामी सबै कोरोना सक्रंमतीको प्रत्यक्ष सम्पर्क आएका कारण क्वारेन्टाईनमा बसियो, त्यो बेला मनमा कोरोनाको डर पैदा भयो । उनिले थपिनन्, किनकी मेरो घरमा दुधे बालक भाई देखि वृद्धहजुर बुबा हुनुहुन्छ । अहिले उनि बिना काम बाहिर पनि निस्किनन् ।

आवश्यक काम पर्यो भने मात्र घर बाहिर निस्कने गर्छिन् । उनले भनिन्,हाम्रो गाँउनै कोरोनाको डरमा छ । रिर्पोट नेभेटिभ आएपनि मनमा डर कायम रहेकाले बिना काम घर बाट निस्कदैनौँ । पछिल्लो समय पुरै गाँउका मानिस नै घर बाहिर निस्कनु परेमा मास्क पन्जा र सेनीटाइजर प्रयोग गरेर हिड्ने गरेको हिड्छन् ।

उनी मात्र होईन्, सोही ठाँउकी अन्जना ढकालको पनि अहिले दैनिकी परिर्वतन भएको छ । तिवारी सँगै ढकालको पनि स्वाव संकलन गरिएको थियो । उनी पनि अहिले कोरोना भाइरस बारे सचेत भएकी छिन् । उनले आफ्नो घरमा पनि कोरोना भाइसर बारे सचेतना गराउछिन् । उनले भनिन्, हाम्रो गाँउमा कोरोना कताबाट आउला भनेर हेरचक्राई गदै बसेको, अहिले तर एक घरबाट अर्को घरमा जान पनि डर लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV