२० श्रावण २०७७, मंगलवार
  • तारा आचार्य

विराटनगर, २० साउन । विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएका ७७ बर्षीय पुरुषको शव मोरङको कानेपोखरी स्थित जंगलमा अन्त्येष्टि गरिएको छ ।

सोमबार श्वासप्रश्वासमा समस्या आए पछि विहान जचाँउनको लागि कोशी अस्पताल भर्ना भएका विराटनगर ५ का वलबहादुर थापाको उपचारको क्रममा सोमबार दिउसो साढे तीन बजे मृत्यु भएको कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिनुभयो । उनको मृत्यु पछि पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

कोरोना भएको थाहा पाएपछि अस्पतालले परिवारलाई शव दिइएको थिएन र उनको शव कोशी अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । मृतकका परिवारको पनि स्वाब लिएको र सुरक्षित घरमा बस्न भनिएको मेसु दासले बताउनु भयो । उहाँले मृतकको परिवारको रिपोर्ट आउन बाँकी रहेको बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायको समन्वयमा मंगलबार मोरङको थलाहास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले अन्त्येष्टिको जिम्मा लिएको मेसु दासले जानकारी दिनुभयो । प्रदेश १ मा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV