२० श्रावण २०७७, मंगलवार

काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष वामदेव गौतमलाई भेट्न  भैँसेपाटी पुग्नुभएको छ । प्रचण्डले गौतमसँगको भेटमा कुन बिषयमा छलफल गर्नुहुने भन्नेबारे जानकारी नभएपनि समसामयिक राजनीतिक बिषयमा छलफल केन्द्रीत हुने अनुमान गरिएको छ । साथै आज बेलुका ५ बजे प्रधानमन्त्री समेत रहनभएका अध्यक्ष केपी शर्मा ओलीसँग हुने छलफलको तयारी हुनसक्ने छ ।

अध्यक्ष प्रचण्ड मध्यान्न भैसेपाटी पुग्नुभएको उपाध्यक्ष गौतम निकट स्रोतले जनाएको छ । पार्टीको बिवादको विषयमा अध्यक्ष प्रचण्डको पक्षमा रहेका उपाध्यक्ष वामदेव गौतम एकाएक प्रधानमन्त्रीसमेत रहनुभएका केपी ओली पक्षमा लागेपछि नेकपा विवादले फरक धार लिएको छ ।

केहीदिन अघि उपाध्यक्ष गौतमले पार्टी जोगाउने उपाय भन्दै ६ बुँदे प्रस्ताब लिखित रुपमा प्रस्तुत गर्नुभएकाे थियो । त्यो प्रस्ताब प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष सहयोग मिल्ने र समर्थनमा छ । यसपछि आ-आफ्नो पक्षमा तान्न गौतमलाई ओली र प्रचण्डले निरन्तर भेटघाट गर्दै आउनुभएको छ ।

६ बुँदे प्रस्ताव जारी गर्नुभएको दिन नै प्रधानमन्त्री ओली गाैतमलाई भेट्न भैँसेपाटी पुग्नुभएको थियो । त्यसपछि अधयक्ष प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उप नेता सुवास नेम्बाङसहितका नेता लिएर बालुवाटार पुग्नुभएको थियो । तर त्यो बैठक पनि फलदायी हुन सकेन । पार्टी र सरकार संचालनमा ओली असफल भएको भन्दे अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहितका बहुमत नेताहरुको मागपछि नेकपामा संकट पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV