२० श्रावण २०७७, मंगलवार

काठमाडौं, २० साउन । समुदायमा कोरोना भाइरस संक्रमणको नयाँ चरणमा प्रवेश गरेपछि नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जनस्वास्थ्य विज्ञहरू र विपक्षी दल नेताहरूसँग परामर्श गरिराख्नुभएको छ । काठमाडौँ उपत्यका लगायतका जिल्लामा कोरोना भाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री ओली विज्ञ सहितको छलफलमा जुट्नुभएको हो ।

जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेका छन् । मेडिकल एसोसिएसनका अध्यक्षलगायत जनस्वास्थ्यका क्षेत्रमा क्रियाशीलहरूलाई निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श लिइरहनुभएको छ ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । सरकारले चार महिना लामो लकडाउन अन्त्य गरेदेखि कोरोना भाइरसको संक्रमण र मृत्यु दर ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV