२० श्रावण २०७७, मंगलवार

काठमाडाैं, २० साउन । कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गर्नुभएकाे छ ।

नेता पौडेलकाे सचिवालयले एक वज्ञाप्ति जारी गरी उहाँले तत्कालका लागि  भेटघाटका कार्यक्रम बन्द गर्नुभएकाे जानकारी दिएकाे छ । कोरोना महामारीमा सचेत र सजक रहन पनि पौडेलको सचिवालयले आग्रह गरेको छ ।

‘अत्यावश्यक बाहेकका भेटघाट कार्यक्रम केहि समयका लागि बन्द गरिएको छ,’ पौडेलको सचिवालयले भनेको छ,  ‘भर्चुअल बैठक र टेलिफोनबाटै यहाँहरूसँग नियमित सम्पर्क जारी रहने छ ।’ यसअघि लकडाउनका बेला पनि पौडेलले भेटघाटलाई राेक्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV