२० श्रावण २०७७, मंगलवार

एजेन्सी, २० साउन । तालिम गर्ने क्रममा समुद्रमा डुवेर ९ अमेरिकी सैनिक बेपत्ता भएका छन् । अमेरिकी जल सैनिक अर्थात नौ सेना तालिमका क्रममा क्यालिफोर्नियास्थित समुद्रमा डुवेका हुन् । बेपत्तामध्ये एकको शव भेटिएको छ ।

घटना बिहीबारको हो । प्रशिक्षणका क्रममा उनीहरु सान क्लेमेन्ट टापुबाट फर्कदै गर्दा मरिन क्राफ्ट दुर्घटना हुँदा प्रशिक्षार्थी ९ सैनक डुबेको अमेरिकी नौसेनाका लेफ्टिनेन्ट जनरल जोसेफ आस्टरमैनले बताएका छन् । उनीहरुको हेलिकप्टर र डुंगामार्फत खोजी भइरहेको बताइएको छ ।

हालसम्म एकजनाको मात्रै शव फेला परेपनि हराएका सबैलाई मृत घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV