२० श्रावण २०७७, मंगलवार
  • मनिराज पाण्डे

कालिकोट, २० साउन । कर्णाली राजमार्ग पूर्ण रुपमा सुचारु भएको छ । साउन २ गतेदेखि बन्द भएको कर्णाली राजमार्ग सोमबारबाट पुर्णरुपमा संचालन भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनु भयो ।

सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहसंगको समन्वयमा कर्णाली राजमार्गका बिभिन्न ठाउँमा आएको पहिरो जिल्ला प्रहरी कार्यालय कालिकोटको अगुवाइमा हटाएपछि राजर्माग सुचारु भएको हो ।

प्रत्येक बर्ष बर्षायाममा बन्दहुने कर्णाली राजमार्ग नियमित सुचारु राख्न सरोकारवाला निकाय संग बुधबार आवश्यक छलफल गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भयो ।

कालिकोटमा साउन १२ गते पछि आएको बाढी पहिरोका कारण १८ जनाको मृत्यु भएको छ भने ७ जना बेपता छन् । कालिकोटको एक मात्र जलबिद्युत आयोजना पुर्णरुपमा बन्द भएको छ । टेलिफोन तथा इन्टरनेट सेवा पुर्णरुपमा सुचारु हुन सेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV