१९ श्रावण २०७७, सोमबार

काठमाडौं, श्रावन १९ । नेपाल धितोपत्र बोर्डले तथ्य र विषयबस्तुको विबेचना नगरी यस संस्थाको नाम उल्लेख गरी सूचना प्रकाशित गरेको भन्दै सगुन इन्क अमेरिकाले स्पष्टीकरण मागेको छ ।   सगुन इन्क युएसएको नाम उल्लेख गरी प्रकाशित गरेको सार्वजनिक सूचनाबाट सगुन इन्क अमेरिकार यसका लगानीकर्ताहरुको मनोवल र ख्यातिमा आँच पुग्न गएकोले दुख ब्यक्त गरेको छ । नेपाल धितोपत्र बोर्डले साउन १४ गते प्रकाशित सार्वजनिक सूचनालाई सच्याईयोस भनी सगुन इन्क अमेरिकाले आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरीकाको डेलावयर राज्यमा गैर आवासिय (प्रवासी) नेपालीहरुको सक्रियतामा स्थापना भएको सगुन इन्क अमेरिकाले विश्व भर सामाजिक सञ्जालको रुपमा कार्य गर्दै आएको छ ।

अमेरीकाको धितोपत्र तथा विनिमय आयोगबाट शेयर सम्बन्धी कारोवार गर्न अनुमति प्राप्त गरी सर्वसाधारणका लागि कारोवार गरिरहको छ । नेपाल सरहद वाहेक विश्व भर रहेका गैरआवासीय नेपाली र अन्य विश्वका नागरिकहरुले यस सगुन इन्क युएसएमा आफ्नो वार्षिक आम्दानीको १० पुँजी वराबरको शेयरमा लगानी गर्न पाउनेछन् ।

सगुन इन्क अमेरिकाले नेपालमा वस्ने नेपालीहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्काशन जारी गरेको सम्बन्धी कुनै पनि विज्ञापनहरु नगरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV