१९ श्रावण २०७७, सोमबार

एजेन्सी, १९ साउन । जिम्बाब्वेको शीर्ष डिभिजन लिग फुटबल प्रिमियर सकोरका ५० जनामा कोरोना संक्रमण भाइरसको संक्रमण देखिएको छ । लिगमा सहभागी क्लबमा आवद्ध खेलाडी र सहयोगी सदस्य सहित ५० जनामा संक्रमण पुष्टि भएको हो ।एकै पटक ५० जनामा संक्रमण देखिएपछि सुरु भएको दुई हप्ता पछि लिग पुनः स्थगित हुन पुगेको छ । जुलाई १८ देखि सुरु भएको लिग प्रतियोगिता यही साता टुंगिने तालिका थियो ।

अफ्रिका महादेशका अधिकांश राष्ट्रमा कोरोनाको प्रभाव बढ्दो छ । महामारीको संक्रमण प्रारम्भिक चरणमा रहेको कारण धेरै देशमा खेलकुद गतिविधि फेरि रोकिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV