१९ श्रावण २०७७, सोमबार

एजेन्सी , १९ साउन । चर्चित फ्रेन्जाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ ।आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको बताइएको छ । फाइनल खेल नोभेम्बर १० मा हुने छ ।

बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ । यस्तै कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ ।

बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ । लिगमा सहभागी एक टिमले २४ खेलाडी राख्न सक्ने भएका छन् । कोरोना प्रभावका कारण बिभिन्न नियममा फेरबदल गर्न तयार रहेको आईपीएल आयोजकले हरेक टिममा २४ खेलाडी राख्न दिने निर्णय गरेको हो ।

यस्तै खेलको क्रममा खेलाडी परिवर्तन समेत गर्न सकिने निर्णय छ । खेलको क्रममा कुनै खेलाडीमा कोरोना संक्रमण देखिए वा सम्भावना देखिए खेलाडी परिवर्तन गर्न सकिने आयोजकको पछिल्लो निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV