१९ श्रावण २०७७, सोमबार

काठमाडौं, १९ साउन । उच्च अदालत पाटनले रेल विभागले आह्वान गरेका ठेक्काको बोलपत्र यथावत राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।विभागले असार १४ र १७ गते आह्वान गरेको ५४ वटा ठेक्काको बोलपत्र यथावत राख्न सोमबार आदेश जारी गरेको हो । न्यायाधीश शान्ता सेढाई सापकोटाको एकल इजलाशले अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

याक्थुम्बाहाङ निर्माण सेवाका तर्फबाट तेजकुमार कुरुम्वाङले साउन १८ मा रिट दायर गरेका थिए । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्रयाक बेड ९लिक बिछ्याउने ट्रयाक० बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो ।

विभागले असार १४ मा ३० वटा र १७ गते २४ वटा ठेक्काको लागि सूचना निकालेको थियो । १०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का आह्वान गरिएको हो । तर, यो खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम नभएको भन्दै विभागको आलोचना हुँदै आएको थियो ।

अदालतले १५ दिनभित्र विपक्षी रेल विभागलगायतलाई उच्च सरकारी वकिल कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न समेत आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV