१९ श्रावण २०७७, सोमबार
  • भगतराम थारु

नेपालगञ्ज, १८ साउन । बाँकेमा २ जना अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई रुपन्देहीबाट पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटिआएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार सहित पक्राउ गरेको हो । उनिहरुसंग बैंकमा जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचरसहित झन्डै ९ लाख श्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैनाबाट पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुषालले जानकारी दिनुभयो ।

सुचना अधिकारी भुसालका अनुसार भट्टराई र रोकायालाई श्रोत नखुलेको उक्त रकमसहित बाँके निकुञ्जको सरकारी गाडीबाटै नियन्त्रणमा लिइएको हो । सोमबार दिउँसो पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल स्थित अख्तियारको हिरासतमा राखिएको जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV