१९ श्रावण २०७७, सोमबार

काठमाडौँ, १९ साउन । सरकारले कोरोना संक्रमणको गम्भीर बिरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिएको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार तीन वटा निजीसहित १२ वटा अस्पताललाई उक्त विधिबाट संक्रमितको उपचार गर्न स्वीकृति दिएको जानकारी दिएको छ । अनुमति पाउने निजी अस्पतालहरूमा मेडिसिटी, ग्रान्डी र ह्याम्स अस्पताल छन्।

यस्तै, सरकारी अस्पतालहरूमा धुलिखेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टिचिङ, पाटन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्ज मेडिकल कलेज, कोसी, नारायणी, भक्तपुर, भेरी र सेती अस्पताल छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV