१९ श्रावण २०७७, सोमबार

सप्तरी,१९ साउन। कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि हुँदै गएपछि सप्तरीमा मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय सप्तरीले दिनहुँ वृद्धि भएको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा साउन २० गतेदेखि  साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने जनाइएको छ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य सुरक्षा अनतर्गतको नियमहरुलाई अपनाएर अति आवश्यक कामका लागि मात्र घर बाहिर निस्कन पाइने बताइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार अन्य सबै कामहरु बन्द हुने र नियमको उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिनेछ ।

हालसम्म सप्तरीमा ५ सय ३१ जना कोरोना संक्रमित रहेका छन् । जसमध्ये एकजनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV