१९ श्रावण २०७७, सोमबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १९ साउन । जनकपुरधामस्थित प्रादेशिक अस्पतालका १८ जना कोरोनाबाट संक्रमित भएका छन् ।

तीन दिन अगाडि आएको स्वाब संकलनको नतिजा र सोमबार आएको स्वाब संकलनको नतिजा गरी १८ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएको अस्पताल स्रोतले जनाएको छ ।तीन दिन अगाडि ४ जना स्वास्थ्यकर्मी तथा सोमबार १४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा। जामुन सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आइसोलेसनमा उपचारार्थ छन् ।

यता जनकपुरधाम नगरको वडा नम्बर २ देखि वडा नम्बर २४ सम्म गरिएको परीक्षणमा सोमबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV